नयाँ दिल्ली : भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारको क्रममा उनले अन्तिम श्वास लिए। टाटा समूहका अध्यक्ष एन. चन्द्रशेखरनले उनको निधनको पुष्टि गर्दै समूहको तर्फबाट एक शोक वक्तव्य जारी गरेका छन्।
रतन टाटालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। उमेरसँग सम्बन्धित समस्याका कारण उनको स्वास्थ्य बिग्रँदै गएको बताइएको छ। निधनपश्चात उनको शव राति अस्पतालबाट निवासमा ल्याइएको थियो। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने घोषणा गरेका छन्।
उनका आफन्तका अनुसार बिहीबार बिहान १० बजेबाट ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा उनको पार्थिव शरीर राखिने छ, जहाँ सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिन सक्नेछन्।
रतन टाटाको निधनमा देशभरिका विशिष्ट व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीट गर्दै भारतले एक नैतिक र कर्पोरेट नेतृत्वलाई गुमाएको बताइन्। प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई एक दूरदर्शी र असाधारण नेतृत्वको प्रतीकका रूपमा सम्झे। कांग्रेस नेता राहुल गान्धीले पनि टाटालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको सामाजिक र आर्थिक योगदानलाई उच्च सम्मान दिए।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। लामो उद्योगिक यात्रा पश्चात् उनले ९ अक्टोबर २०२४ मा संसारबाट विदा लिए। भारत सरकारले उनलाई “पद्मविभूषण” बाट सम्मानित गरेको थियो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


