मानवअधिकारवादी नेता तुलाधरको योगदानको स्मरण

मानवअधिकारवादी नेता तुलाधरको योगदानको स्मरण

मेट्रो संवाददाता

१४ कार्तिक २०८१ १६:१४

काठमाडौँ  । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःस्थापनाका लागि निरन्तर योगदान पु¥याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको स्मरण गरिएको छ। नेपाल भाषाका साहित्यकारका रूपमा निरङ्कुश शासनको विरोधमा सिर्जना गर्दै जनजागरणमा महत्वपूर्ण योगदान दिनुभएका तुलाधरको योगदानको चर्चा गरिएको हो।

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा र साहित्यमा तुलाधरले पु¥याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरियो। प्रधानमन्त्री केपी शर्मा ओलीले तुलाधरलाई बहुआयामिक व्यक्तित्वका रूपमा स्मरण गर्दै कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनमा उहाँको विचार र योगदानलाई अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा तुलाधरकी छोरी सुम्निमा तुलाधरले आफ्ना पितालाई नेपाली जनताको मुक्तिका लागि निरन्तर क्रियाशील नेताका रूपमा स्मरण गरिन्। लुमन्ति गुथिका अध्यक्ष डा. केशवमान शाक्यले प्रजातन्त्रको पुनःस्थापनाका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिलाई एउटै मोर्चामा ल्याउन उहाँले पु¥याएको योगदानको स्मरण गरे।

नेपाल भाषाको साहित्य लेखनमा प्रहसन र नाटक विधामा विशिष्ट योगदान गरेका तुलाधर नेपाल जनजाति महासङ्घका अध्यक्षसमेत थिए। माओवादी सशस्त्र द्वन्द्वका बेला माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजीकरण गर्नुभएका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो। पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका उहाँको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको थियो। कार्यक्रममा नेपाली साहित्यका धरोहर कवि दुर्गालाल श्रेष्ठलाई समेत सम्मान गरियो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता