तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बजारमा

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बजारमा

मेट्रो संवाददाता

१७ कार्तिक २०८१ १४:२४

म्याग्दी : तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा विभिन्न बजारमा पठाइएको छ। म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा कात्तिक महिनादेखि नै यी भेडाच्याङग्रा बिक्रीका लागि उपलब्ध छन्, जसलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्वास्थ्य परीक्षण गरेर पठाइएको जनाएको छ।

केन्द्र प्रमुख लालमणी अर्यालका अनुसार यस वर्षको दशैँमा आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो। यसपालि उत्पादन वृद्धि र मूल्यमा कमी भएका कारणले दसैँ र तिहारमा भेडाच्याङग्राको व्यापार विगतको तुलनामा बढी भएको छ। कृषकहरूले प्रतिगोटा २८ हजारदेखि ३७ हजारसम्मका दरले च्याङग्रा बिक्री गरेका छन्।

गत वर्षको तुलनामा यस वर्ष च्याङग्रा सस्तो हुँदा उपभोक्ताले लाभ उठाएका छन्। काठमाडौँ र पोखरामा गत वर्ष प्रतिगोटा रु. ५५ हजारमा बिक्ने च्याङग्रा यसपाली रु. ४५ हजारभन्दा कममा बिक्री भएको छ। गत वर्ष महँगो भएकोले बिक्रीमा कमी हुँदा व्यापारीले घाटा व्यहोरेको गुनासो गरेका थिए।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता