नेवारी संस्कृतिले बढायो नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा: प्रधानमन्त्री ओली

नेवारी संस्कृतिले बढायो नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा: प्रधानमन्त्री ओली

मेट्रो संवाददाता

१७ कार्तिक २०८१ १४:४९

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषा र नेवारी संस्कृतिले देशको पहिचानलाई विश्वमाझ फैलाउन ठूलो योगदान पुर्‍याएको बताएका छन्। नेपाल संवत् ११४५ को अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको कला, मूर्तिकला, काष्ठकला, नृत्य र संगीतजस्ता विविध क्षेत्रले नेपालको मौलिक पहिचानलाई मजबुत बनाएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपाल संवत्लाई सरकारी कामकाजमा प्रभावकारी बनाउन, शङ्खधर साख्वाबारे अनुसन्धानलाई अघि बढाउन र विद्यालयमा नेपाल भाषा ऐच्छिक विषयको रुपमा राख्न सरकारले प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्। सरकारले नेपाल संवत् मूल समारोह समितिका लागि यस वर्ष १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको उनले जानकारी दिए।

नेवार संस्कृतिलाई समृद्ध संस्कृति र सम्पूर्ण देशको सांस्कृतिक पहिचानको रुपमा चित्रित गर्दै प्रधानमन्त्रीले यसलाई जाति विशेषको मात्रै नभई सम्पूर्ण देशकै गौरवको रुपमा लिनुपर्ने बताए। नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रलगायत सञ्चारमाध्यममा नेपाल भाषाका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको विषयमा समेत उनले सरकारको नीति स्पष्ट गरेका छन्।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल संवत्लाई सबै समुदायले अपनाउनुपर्ने बताइन्। मूल समारोह समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले शङ्खधर साख्वाबारे थप अध्ययन र राष्ट्रिय पुरस्कार स्थापना गर्न माग गरे।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता