१८ वडामा ७ दिने सीपमूलक तालिम सुरू

१८ वडामा ७ दिने सीपमूलक तालिम सुरू

मेट्रो संवाददाता

२९ माघ २०८१ १३:४७

काठमाडाैं : “सीप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नाराका साथ काठमाडौं महानगरपालिका वडा नं १८ को सहकार्यमा श्रृंगार तथा रेशमी धागो हस्तकला तालिम माघ २८ गतेदेखि सुरू भएको छ। Gemini Unisex Salon & Makeup StudioAlcoholic Recovering Voice Nepal को प्राविधिक सहयोगमा आयोजित तालिममा श्रृंगार तथा हस्तकलाका व्यावसायिक सीप प्रदान गरिँदै छ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष न्हुछेकाजी महर्जनले स्थानीय तहबाटै सीप सिकाउने कार्यक्रमहरू सञ्चालन गरिनु स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनका लागि प्रभावकारी उपाय भएको बताए। उनले श्रृंगार तालिमले सौन्दर्य क्षेत्रमार्फत आम्दानीको अवसर सिर्जना गर्ने उल्लेख गर्दै घरमै सीमित नभई सीपलाई व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिए।

सहभागीहरूलाई स्वरोजगार बन्न प्रेरणा

श्रृंगार प्रशिक्षक अमिता महर्जनका अनुसार व्यावसायिक श्रृंगार सीप सिकेपछि ब्युटी पार्लर सञ्चालन गर्ने वा व्यक्तिगत रूपमा सेवा दिन सकिने भएकाले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न यस तालिमले महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

त्यसैगरी, रेशमी धागो हस्तकलाका प्रशिक्षक स्वर्णिमा मानन्धरले थोरै लगानीमा हस्तकला उत्पादन गरी राम्रो आम्दानी गर्न सकिने बताइन्। उनले झुम्का, चुरा लगायतका हस्तकला सामग्रीहरू बनाउने सीप दिएर घरमै बसेर आम्दानी गर्ने वातावरण बनाउन तालिम केन्द्रित गरिएको जानकारी दिइन्।

स्थानीय स्तरमै उद्यमशीलताको प्रवर्द्धन

काठमाडौं महानगरपालिका वडा नं १८ ले स्थानीय तहबाटै सीपमूलक तालिम सञ्चालन गरी युवाहरूलाई स्वरोजगार बनाउन जोड दिँदै आएको छ। व्यावसायिक सीप प्रदान गर्दै आर्थिक रूपमा सशक्त बनाउने लक्ष्यका साथ आगामी दिनमा यस्ता थप कार्यक्रमहरू सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।

तालिममा सहभागीहरूले पनि सिकेका सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्दै आयआर्जन गर्ने लक्ष्य लिएको बताए। प्रशिक्षकहरूले सहभागीहरूलाई निरन्तर अभ्यास गर्न र सिकेका ज्ञानलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गरेका छन्।

 

 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता