काठमाडौं, फागुन ६ – काठमाडौं महानगरपालिका वडा नं. १८ ले स्थानीय तहबाटै स्वरोजगार प्रवर्द्धन गर्न सञ्चालन गरेको स्वरोजगार तालिम सम्पन्न भएको छ। तालिममा विभिन्न व्यावसायिक सीप सिकाइँदै सहभागीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको थियो।

समापन कार्यक्रममा वडा अध्यक्ष न्हुछेकाजी महर्जनले विदेश पलायनको मुख्य कारण रोजगारीको अभाव भएकाले सीप सिकेर स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने बताए। उनका अनुसार सीपमूलक तालिमहरूले आत्मनिर्भर बन्ने मार्ग खोल्ने भएकाले युवाहरूले विदेश जाने सोच बदल्न जरुरी छ। उनले ५०-६० लाख खर्चेर विदेश जानेभन्दा स्वदेशमै लगानी गरेर स्वरोजगार बन्नु लाभदायक हुने धारणा व्यक्त गरे।
कार्यक्रममा श्रृंगार प्रशिक्षक अमिता महर्जनले ब्युटी पार्लर सञ्चालन गर्न सकिने र व्यक्तिगत रूपमा सेवा दिएर आम्दानी गर्न सकिने बताइन्। उनले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तालिम उपयोगी हुने उल्लेख गरिन्।
रेशमी धागो हस्तकलाका प्रशिक्षक स्वर्णिमा मानन्धरका अनुसार झुम्का, चुरा लगायतका हस्तकला सामग्री उत्पादन गर्न थोरै लगानी नै पर्याप्त हुन्छ। उनले घरमै बसेर आम्दानी गर्न सकिने भएकाले हस्तकला व्यवसायलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्।
वडा सदस्य तथा कार्यक्रम सञ्चालक हेराशोभा महर्जनले युवाहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिइन्। वडा कार्यालयले आगामी दिनमा थप सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
तालिममा सहभागीहरूले सिकेका सीपलाई व्यवहारिक रूपमा उपयोग गर्दै आम्दानी गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता कार्यक्रमहरू उपयोगी भएको प्रतिक्रिया दिए।
वडा कार्यालयका अनुसार स्थानीय सीप र स्रोतसाधनलाई उपयोग गरेर आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ। स्वरोजगार प्रवर्द्धनले मात्रै स्थानीय उत्पादन र श्रमशक्तिको सही उपयोग हुनसक्ने वडाले जनाएको छ।


स्वागत मन्तव्य वडा सदस्य हेम ज्योति शाक्यले राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सदस्य हेराशोभा महर्जनले गरे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...




