हेटौंडा, १ भदौ । नेपाल तामाङ पत्रकार संघ बागमती प्रदेश र मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा ३१औँ तामाङ प्रशारण दिवस विशेष समारोहसहित मनाइएको छ । कार्यक्रममा अन्तरक्रिया र पुरस्कार वितरण दुवै सम्पन्न गरिएका थिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ‘आईतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ र ‘तामाङ पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । स्मृति पुरस्कार यसपालि तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङलाई दिइयो भने, जिल्ला स्तरको पुरस्कार हेटौंडा सन्देश डटकमका पत्रकार भुवन घलानले पाए । उनीहरूलाई क्रमशः १० हजार १ सय र ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
अक्षयकोषका लागि मुख्यमन्त्रीको सहयोग
समारोहकै क्रममा मुख्यमन्त्री बानियाँले तामाङ पत्रकार संघ बागमती प्रदेशलाई अक्षय कोष स्थापना गर्न रु २ लाख सहयोग गर्ने घोषणा गर्दै चेक हस्तान्तरण गरेका थिए । सो कोष आफ्नो पिता छेमबहादुर बानियाँ र दाजु राजकुमार बानियाँको सम्झनामा स्थापना गर्न लागेको उनले जानकारी दिए ।
मुख्यमन्त्रीले लोकतान्त्रिक व्यवस्थामा मातृभाषा र संस्कृतिको संरक्षण प्रदेश सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै तामाङ भाषा र संस्कृतिको प्रवर्द्धनमा सरकारले निरन्तर साथ दिने बताए । जातीय वा भाषागत विषयलाई राजनीतिक स्वार्थमा प्रयोग नगर्नुपर्ने पनि उनको भनाइ थियो ।
अन्तरक्रियामा भाषा ऐन कार्यान्वयनमाथि छलफल
कार्यक्रममा ‘सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, र नेपाल तामाङ घेदुङका संघीय सदस्य लो तामाङ वक्ता रहेका थिए ।
वक्ताहरूले ‘सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८०’ प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लो तामाङले मातृभाषा औपचारिक कार्यक्रममै सीमित हुन थालेको भन्दै चिन्ता व्यक्त गरे भने, अध्यक्ष मोक्तानले स्थानीय सरकार भौतिक पूर्वाधारमा मात्र केन्द्रित हुँदा भाषा ऐनलाई प्राथमिकता दिन नसकिएको स्वीकार गरे । पत्रकार प्रताप बिष्टले भाषा सबल भएपछि मात्र राष्ट्र सबल हुने धारणा राखे ।
सचिव सुवेदीले मन्त्रालयले भाषा ऐनलाई कार्यान्वयन गर्न तीब्र गतिमा काम अघि बढाइरहेको उल्लेख गर्दै नियमावली तयार भइसकेको जानकारी दिए । उनका अनुसार नेपाल तामाङ घेदुङ र नेवादयः दबूसँग सहकार्य गरेर सरकारी कर्मचारीलाई मातृभाषा प्रशिक्षण दिने कार्यक्रम समेत अघि बढाइएको छ ।
कार्यक्रममा प्रदेश सांसद, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, पत्रकार महासंघका प्रतिनिधि, तामाङ घेदुङका पदाधिकारी, विभिन्न स्थानीय निकायका प्रमुखहरू, सञ्चारकर्मी र सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले गरेका थिए ।
संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


