मेट्रो संवाददाता
१ कार्तिक २०८२ २१:००
जिल्ला प्रशासन कार्यालय कैलालीले सङ्घीय सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न जिल्लाका कृषक र उद्योगीव्यवसायीलाई अनुरोध गरेको छ।
किसानले उचित मूल्य नपाएको गुनासो बढेपछि प्रशासनले शुक्रबार सूचना जारी गरी यो आग्रह गरेको हो। सूचनामा उल्लेख छ कि गत साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले मोटोधानको न्यूनतम मूल्य प्रतिक्विन्टल ३४६३.८१ रुपैयाँ र मध्यमधान ३६२८.३३ रुपैयाँ तोकेको थियो।
तर सरकारको तोकिएको मूल्य किसानले पाएका छैनन्। कञ्चनपुरका किसान केशव पाठकले भने, “धान खरिद गर्ने व्यापारीले एकाधिकारको अवस्था बनाइरहेका कारण किसानले उचित मूल्य पाएका छैनन्। भारतबाट पर्याप्त चामल आयात हुने भएकाले व्यापारीले अधिकतम रु २६५० मात्र दिने जवाफ दिन्छन्।”
धान किसानको मुख्य आम्दानीको स्रोत हो। घरायसी उपभोगका लागि आवश्यक धान भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने आम्दानीबाट वर्षभरिको खर्च जोहो गरिन्छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


