झिलिमिली बत्ती जडान गर्दा करेन्ट लागी किशोरको मृत्यु

झिलिमिली बत्ती जडान गर्दा करेन्ट लागी किशोरको मृत्यु

मेट्रो संवाददाता

२ कार्तिक २०८२ ११:११

वीरगञ्ज । दीपावलीको तयारीका क्रममा वीरगञ्जमा झिलिमिली बत्ती (झालरबत्ती) जडान गर्ने क्रममा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय पीयूष साह आफ्नै घरमा झिलिमिली बत्ती जडान गर्दै गर्दा शनिबार साँझ करिब ६ बजे करेन्ट लागेर गम्भीर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याए पनि उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार घटनाको समयमा पीयूष घर सजाउँदै थिए । “अचानक विद्युत् प्रवाह भएर उनी सख्त घाइते भएका थिए,” उहाँले बताउनुभयो ।

छपकैया बजारका लालु साह तेलीका छोरा पीयूषको निधनसँगै दीपावलीको उल्लासपूर्ण माहोल शोकमय बनेको छ । प्रहरीले झिलिमिली बत्ती जडान गर्दा विद्युत् सुरक्षामा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता