तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

मेट्रो संवाददाता

३ मंसिर २०८२ १२:४२

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि गठन हुने कार्यसमिति निर्बिरोध चयन गरेको छ।

संस्थाले मिति मंसिर ०२ गते सम्पन्न मनोनयन प्रक्रियामा पदअनुसार आवश्यक संख्या बराबर मात्र उम्मेदवारी दर्ता भएकाले निर्वाचनको आवश्यकता नरहेकाले कार्यसमिति स्वतः निर्विरोध चयन भएको निर्वाचन समिति संयोजक रामशरण डंगोलले जानकारी गराए

संयोजक डंगोलका अनुसार नव–निर्वाचित कार्यसमितिलाई मंसिर ४ गते पद तथा गोपनीयताको शपथ ग्रहणप्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ।

नव–निर्वाचित कार्यसमिति ११ सदस्यीय रहेको छ, जसमा तीन जना महिला सदस्य पनि समावेश छन्।

निर्वाचित पदाधिकारीहरूको सूची

  • अध्यक्ष: दिपक प्रसाद पौडेल
  • उपाध्यक्ष: मधु कुवर
  • महासचिव: सुरेन्द्र श्रेष्ठ
  • सचिव: मोहनभद्र वाग्ले
  • कोषाध्यक्ष: रामु थापा
  • महिला सदस्य: मेनका चालिसे, चमेली राना मगर, अकल कुमारी पौडेल
  • सदस्य: गणेश यादव, प्रेम गोपाली, प्रवेश पराजुली

संस्थाका नव–निर्वाचित अध्यक्ष दिपक प्रसाद पौडेलले व्यवसायीहरूको हकहित संरक्षण र सेवा–सुविधा विस्तारमा कार्यसमिति सदैव सक्रिय रहने बताए

संस्थाको बिधानअनुसार कार्यसमितिको कार्यकाल २ वर्ष रहने व्यवस्था छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता