दरबारमार्गमा ‘उत्सव : इन द रिदम अफ द जात्रा’ चित्रकला प्रदर्शनी सुरु

दरबारमार्गमा ‘उत्सव : इन द रिदम अफ द जात्रा’ चित्रकला प्रदर्शनी सुरु

मेट्रो संवाददाता

८ साउन २०८३ २०:२८

काठमाडौँ । दरबारमार्गस्थित ग्यालरी १०८ मा कलाकार प्रदीपकुमार वज्राचार्यको ‘उत्सव : इन द रिदम अफ द जात्रा’ शीर्षकको चित्रकला प्रदर्शनी सुरु भएको छ।

साउन ८ गतेदेखि सुरु भएको प्रदर्शनीमा काठमाडौँ उपत्यकाका ऐतिहासिक बस्ती र प्रसिद्ध जात्रालाई केन्द्रमा राखिएका चित्रहरू राखिएका छन्। प्रदर्शनीमा रतो मच्छिन्द्रनाथ (बुंगद्यः) जात्रा, भोटो जात्रा, जनबहाः द्यः जात्रा, मध्यपुर थिमिको भुइँसिंः जात्रालगायत विभिन्न सांस्कृतिक सम्पदासँग सम्बन्धित चित्र समेटिएका छन्।

कलाकार वज्राचार्यले चित्रमार्फत जात्राको दृश्य मात्र नभई धिमे बाजा, भीडभाड, रङ, संगीत, श्रद्धा र सांस्कृतिक ऊर्जालाई क्यानभासमा उतार्ने प्रयास गरेका छन्। वर्गाकार शैलीमा तयार गरिएका चित्रहरूले लय, सामञ्जस्य र सांस्कृतिक अन्तरसम्बन्धलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।

ग्यालरी १०८ का संस्थापक सुगत शाक्यका अनुसार प्रदर्शनीले काठमाडौँ उपत्यकाको मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

भदौ ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीका क्रममा संस्कृति, सम्पदा र कला विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता