काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालकको लाइसेन्स, ब्लुबुक वा सवारीको साँचो नियन्त्रणमा लिन नपाउने सर्वोच्च अदालतको फैसला यथावत् कायम भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले उक्त फैसलाविरुद्ध दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेपछि ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा लिन नपाउने कानुनी व्यवस्था कायम भएको हो।
न्यायाधीश महेश शर्मा पौडेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले पुनरावलोकनको अनुमति दिन अस्वीकार गरेको हो।
यसअघि सर्वोच्च अदालतले २०८२ पुस ६ गते विवेक चौधरीले दायर गरेको रिटमा फैसला गर्दै ट्राफिक प्रहरीले कानुनले अधिकार नदिएको अवस्थामा चालकको लाइसेन्स, ब्लुबुक वा साँचो नियन्त्रणमा लिन नमिल्ने ठहर गरेको थियो। त्यसविरुद्ध नेपाल प्रहरीले पुनरावलोकनको माग गर्दै निवेदन दिएको थियो।
सर्वोच्चले न्याय प्रशासन ऐन, २०७३ को दफा ११ अनुसार पुनरावलोकन गर्नुपर्ने कुनै कानुनी आधार नदेखिएकाले अनुमति दिन नमिल्ने निष्कर्ष निकालेको छ। यससँगै ट्राफिक प्रहरीले नियम उल्लंघनको बहानामा चालकका कागजात वा साँचो नियन्त्रणमा लिने अभ्यास कानुनी रूपमा रोकिएको छ।
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


