रामशेखर नकर्मीका ख्यालः नाटकको विशेष प्रदर्शनी सुरु

रामशेखर नकर्मीका ख्यालः नाटकको विशेष प्रदर्शनी सुरु

मेट्रो संवाददाता

११ साउन २०८३ १८:००

काठमाडौँ । वरिष्ठ साहित्यकार, निर्देशक तथा कलाकार रामशेखर नकर्मीका चर्चित ख्यालः (व्यंग्यात्मक प्रहसन) नाटकहरूको विशेष प्रदर्शनी शनिबारदेखि सुरु भएको छ।

नाट्यकर्मी समाज नेपालको सहकार्यमा लिबालीस्थित आस्था सांस्कृतिक समूहको थिएटरमा सुरु भएको प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गरेका हुन्।

उद्घाटन समारोहमा बिजुक्छेँले रामशेखर नकर्मीलाई बहुप्रतिभाशाली स्रष्टा, जनचेतना फैलाउने साहित्यकार तथा अन्याय र शोषणविरुद्ध कलामार्फत आवाज उठाउने व्यक्तित्वका रूपमा चर्चा गरेका थिए।

प्रदर्शनीमा शनिबार ‘खेल खतम’, आइतबार ‘छेरावति’, सोमबार ‘१२ बजे’, मंगलबार ‘खुँयात ज्वँज्वँ’, बुधबार ‘तन्त्र टाब्लेट’ (नेपाली), बिहीबार ‘खुँ’, शुक्रबार ‘तन्त्र टाब्लेट’ (नेपालभाषा), शनिबार ‘टुरिस्ट गाइड’, आइतबार ‘अस्पतालया जा’ र सोमबार ‘रानीपुखू’ मञ्चन गरिनेछ।

अन्तिम दिन ‘सिमात फफस्वः’ मञ्चन गर्ने तयारी भए पनि प्राविधिक कारणले त्यसको सट्टा ‘खेल खतम’ पुनः मञ्चन गरिने आयोजकले जनाएको छ। विभिन्न शैक्षिक, सांस्कृतिक तथा सहकारी संस्थाका दर्शकलाई लक्षित गरी नाटक प्रदर्शन भइरहेको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता