काठमाडौं । कीर्तिपुरका ऐतिहासिक बस्ती र नेवारी वास्तुकलालाई पृष्ठभूमिमा राखेर नेपालभाषाको नयाँ म्युजिक भिडियो तयार गरिएको छ। ‘अय् मय्जु गन वने त्यना जिगु नुगः खुया…’ बोलको गीतमा प्रेमभावसँगै कीर्तिपुरको सांस्कृतिक परिवेशलाई प्रस्तुत गरिएको छ।
गीतका शब्द न्हुच्छेकाजी महर्जनले लेखेका हुन्। महर्जन काठमाडौं महानगरपालिका–१८ का वडाध्यक्ष हुन्। उनी गीत लेखनमा समेत सक्रिय छन्।
गीतमा राजेन्द्र शाक्य र देविका बन्दनाको स्वर रहेको छ भने दीप तुलाधरले संगीत दिएका छन्। भिडियोमा अरसु महर्जन, आराध्या लक्ष्मी खड्गी र न्हुच्छेकाजी महर्जनले अभिनय गरेका छन्। नृत्य निर्देशन रोहिया महर्जनले गरेकी छन्।
पवन जोशीको निर्देशनमा तयार भएको भिडियो कीर्तिपुरका ऐतिहासिक बस्ती, मौलिक वास्तुकला र सांस्कृतिक परिवेशमा छायांकन गरिएको हो। गीतको भावसँग स्थानीय परिवेशलाई जोडेर भिडियो तयार गरिएको निर्माण पक्षले जनाएको छ।
नेपालभाषाको गीतसँगै कीर्तिपुरको स्थानीय कला, संस्कृति र जीवनशैलीलाई दृश्यमा समेट्ने प्रयास गरिएको छ। भिडियोमार्फत नेपालभाषाको सिर्जनासँगै स्थानीय सांस्कृतिक परिवेशलाई प्रस्तुत गरिएको छ।
Latest News
कीर्तिपुरको सांस्कृतिक परिवेशमा नेपालभाषाको नयाँ म्युजिक भिडियो
काठमाडौं । कीर्तिपुरका ऐतिहासिक बस्ती र नेवारी वास्तुकलालाई पृष्ठभूमिमा राखेर नेपालभाषाको नयाँ म्युजिक भिडियो तयार गरिएको छ। ‘अय् मय्जु...
१२ असोज २०८३ २२:३६ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



