कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का प्रतियोगीहरूको गीत रेडियो नेपालले रेकर्ड गरिदिने

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का प्रतियोगीहरूको गीत रेडियो नेपालले रेकर्ड गरिदिने

मेट्रो संवाददाता

२४ मंसिर २०७८ १:२०

कीर्तिपुर नगरपालिकाले आयोजना गरिरहेको कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का उत्कृष्ट दश स्थान हासिल गरेका (टप टेन)हरूको सामूहिक गीत रेडियो नेपालले रेकर्ड गरिदिने भएको छ ।

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का उत्कृष्ट दश स्थानका आइडलहरूलाइ गत मंसिर २३ गते बिहीबार सिंहदरबारस्थित रेडियो नेपाल, नेपाल टेलिभिजन र अनामनगर स्थित स्ट्रिङ्स स्टुडियोको अवलोकन भ्रमण गराइएको थियो ।

रेडियो नेपालको भ्रमणका क्रममा रेडियो नेपालका बोर्ड अफ डाइरेक्टर टिका भण्डारीले रेडियो नेपालको रेकर्डिङ्ग स्टुडियोमै सम्पूर्ण प्रतियोगीहरूको गीत सुनिसकेपछि रेडियो नेपालले सामूहिक गीत रेकर्ड गरिदिने घोषणा गर्नुभयो ।

रेडियो नेपालको भ्रमणमा रेडियो नेपालका साउण्ड ईन्जिनियर पुष्परत्न वज्राचार्य, संगीत प्रमुख मनराजा नकर्मीले रेडियो नेपालको विभिन्न स्टुडियो र रेकर्डिङ्ग गर्ने बारेको जानकारी दिनु भएको थियो ।

रेडियो नेपालका बोर्ड अफ डाइरेक्टर भण्डारीले रेकर्डिङ्ग स्टुडियोमै सम्पूर्ण प्रतियोगीहरूको गीत सुन्नुभएको थियो भने आवश्यक सल्लाह पनि दिनुभएको थियो । बोर्ड अफ डाइरेक्टर भण्डारीले आफूले गाएको गीत पनि प्रतियोगीहरूलाई सुनाउनु भएको थियो । त्यसैगरी प्रतियोगीहरूलाई नेपाल टेलिभिजन अवलोकन भ्रमण गराइएको थियो ।

नेपाल टेलिभिजनमा कार्यक्रम उत्पादन गर्ने, समाचार उत्पादन, प्रसारण गर्ने र स्टुडियोको बारेमा जानकारी गराइएको थियो । नेपाल टेलिभिजनका सिनियर अफिसर मधुकर महर्जन र प्राविधिक अधिकृत अनिता गिरिले नेपाल टेलिभिजन अवलोकन भ्रमण गराउनु भएको थियो । रेडियो नेपाल र नेपाल टेलिभिजनको अवलोकन भ्रमण पश्चात स्ट्रिङ्स स्टुडियो भ्रमण गर्नुका साथै प्रत्येकले गीत पनि रेकर्ड गरेका थिए ।

प्रतियोगीहरूले काराओके राउण्डमा गाएको गीत नै यस स्ट्रिङ्स स्टुडियोमा रेकर्ड गरेका हुन् । कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षका उपलक्ष्यमा नगरका युवापिंढीलाई सांगितिक क्षेत्रमा आकर्षित गराउने उद्देश्यले आयोजना गरेको यस कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को आयोजक कमिटीमा संगीतकर्मी हरिशरण साय्मिलाई संयोजकको रुपमा जिम्मेवारी दिइएको थियो ।

सोही जिम्मेवारी बहन गर्ने क्रममा रेडियो नेपाल र नेपाल टेलिभिजन भ्रमण गराउनुका साथै स्ट्रिङ्स स्टुडियो पनि भ्रमण गराएका हुन् भने प्रत्येकको गीत पनि साय्मि आफैंले रेकर्ड गर्नुभएको थियो । कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश स्थान (टप टेन) मा प्रशान्त सुवेदी, जोन महर्जन, दिवेन वज्राचार्य, रसिक मालाकार, अतुल मानन्धर, निकेश मानन्धर, नफिसा महर्जन, सुदेश महर्जन, कृपा बाँस्कोटा र एकता महर्जन रहनु भएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता