मेट्रो संवाददाता
२८ भदौ २०७८ १६:२५

काठमाडाैं । ललितपुर महानगरपालिका वडा १६ ले एक समारोहको आयोजना गरी संसार अनलाईन सिङ्गिङ स्टार अवार्ड २०२०–२१ को फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई सम्मान गरेको छ ।
१६ वडा भवनमा ललितपुर महानगरपालिका १६ वडा बूबहाः निवासी गायक बज्राचार्यंलाई खादा ओधाइ बधाई पत्रबाट सम्मान गरेको हो ।
सम्मान गर्दै वडा अध्यक्ष निर्मल रत्न शाक्यले “वडाका कलाकारहरुले दिएको उत्साहले सम्पूर्ण वडा नै उत्साहित हुने भन्नु हुँदै यही उत्साह र खुशी दिने कलाकारहरुलाई वडाले औपचारिक रुपमा शुभकामना बधाई दिने परम्पराको थालनी गरेको बताउनु भएको छ ।
उहाँले वडा १६ का कलाकारहरुलाई ध्यानमा राखी कलाकार समिति बनाएको बताउनु भयो । कलाकारले समाजका लागि गरेको योगदान तथा आफू जन्मिएको स्थानको गौरव बढाएको हुन्छ । त्यसैले कलाकारहरुको मान राख्नु सबैको कर्तब्य रहेको उल्लेख गर्नुहुँदै कला क्षेत्र विकासमा स्थानीय तहको पनि योगदान होस् भनी समिति निर्माण गरेको बताउनु भयो ।
यसै समितिले आयोजना गरेको समारोहमा बोल्नुहुँदै समितिका संयोजक सुरजवीर बज्राचार्यले फस्ट रनरअप अमोघवीर बज्राचार्यलाई बधाई दिनुहुँदै कलाकारको सफलतालाई वडाकै सफलता मानी मान दिने यो परम्पराको थालनीले कलाकारहरु खुशी हुने उल्लेख गर्नुहुँदै येँयाः (इन्द्रजात्रा) को अवसरमा समितिले ललितपुरको नागबहालमा आयोजना गर्ने सांगीतिक, सांस्कृतिक कार्यक्रममा समितिको अन्य कार्यक्रम उद्घोष हुने बताउनु भयो
पुरस्कृत एवं सम्मानित कलाकार अमोघवीर बज्राचार्यले वडा एवं कलाकार समितिले यसरी कार्यक्रम नै आयोजना गरी आफूलाई दिएको बधाईले अझ बढी जिम्मेवारी बोध गराएको बताउनु भयो ।
१६ वडाका अमोघवीरले संसार क्रियाशन र संसार अनलाईन टिभीको आयोजनामा सम्पन्न सिङ्गिङ स्टारमा द्वितीय पुरस्कार जितेका हुन् । यस प्रतिस्पर्धामा इलामका आश्विन प्रधान प्रथम तथा आश्रय रञ्जित तृतीय हुनुभएको थियो भने १६ बर्षभन्दा मुनिका प्रतिस्पर्धीमा प्राप्ति तामाङ प्रथम, रितु श्रेष्ठ द्वितीय तथा झरना खनाल तृतीय हुनुभएको थिए ।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


