मेट्रो संवाददाता
२४ साउन २०७८ १३:२९

सीएनएन । खेलाडीहरु यतिबेला टोकियो २०२० ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ ।
बेलायतकी पूर्व खेलाडी केली सोथरटनले २००४ र २००८ को ओलम्पिकमा दुईवटा ब्रोन्ज जितेकी थिइन् । यसबारे सीएनएनसँग कुरा गर्दै उनले आफ्ना ती मेडल मिहिनेत र कठोर परिश्रमको सम्झाना भएको बताइन् । उनी भन्छिन्, “म कुनै पनि कारणले कहिल्यै ती मेडल बेच्न चाहन्न । यी मेरा लागि अत्यन्तै मूल्यवान् छन् ।”
उनले आफ्ना मेडलहरु फ्रेममा नभएर सजिलै निकाल्न सकिने ठाउँमा राख्ने गरेको पनि बताइन् । उनी भन्छिन््, “कहिलेकाहिँ ती मेडल यसो झिकेर लगाउँदा मलाई एकदम खुसी अनि राम्रो महसुस हुन्छ ।”
ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन् । गोल्ड, सिल्भर र ब्रोन्ज सबैको ‘डाएमिटर’ ८५ मिलिमिटरको हुन्छ भने यसको मोटाइ ७.७ एमएम देखि १२.१ एमएमसम्मको हुन्छ । गोल्ड मेडल वास्तवमा सुनको जलप लगाइएको शुद्ध चाँदिले बनाइएको हुन्छ । यसको कूल तौल ५५६ ग्राममा ६ ग्राम सुन हुन्छ ।
त्यस्तै सिल्भर मेडल पनि शुद्ध चाँदिले बनेको हुन्छ र यसको तौल ५५० ग्रामको हुन्छ । ब्रोन्ज मेडल झन्डै ४५० ग्रामको हुन्छ र यसलाई ९५ प्रतिशत तामा र ५ प्रतिशत जिंक धातुले निर्माण गरिएको हुन्छ ।
त्यसोत खेलाडीले जितेको गोल्ड मेडल आफैमा अमुल्य हुन्छ। मेडल सुनको सिक्का जस्तो बस्तु मात्र नभएर खेलाडीलाई दिएको उच्च सम्मान हो। मेडललाई कुनै भौतिक बस्तु ‘सुन’को मूल्यसँग मात्र जोडेर हेर्नु उचित हुदैन तथापी आजको मूल्यमा गोल्ड मेडलमा भएको सुनलाई पगाल्यो भने त्यसलाई करिब ८०० डलर जति पर्ने अनुमान गरिएको छ। त्यस्तै सिल्भर मेडल ४५० डलर र ब्रोन्ज ५ डलर बराबर रकमको हुने गर्दछ ।
केही समय अगाडि १८९६ को एथेन्स ओलम्पिक्सका विजेताले आफ्नो मेडल १ लाख ८० हजार डलरमा लिलामीमा राखेका थिए । त्यस्तै लन्डन ओलम्पिक्सका विजेता लेउरिस पुपोले आफ्नो गोल्ड मेडल ७३ हजार २०० डलरमा बिक्री गरेका हुन् । त्यस्तै सिड्नी २००० मा लङ जम्पका विजेता इभान पेड्रोसोले पनि आफ्नो गोल्ड मेडल ७१ हजारमा बिक्री गरेका थिए ।
अहिलेसम्मकै सबैभन्दा धेरैमा बिक्री भएको गोल्ड मेडल चाहिँ जेसी ओवेन्सको रहेको छ । उनको १९३६ को बर्लिन ओलम्पिक्समा प्राप्त मेडल, २०१३ मा १४ लाख ६० हजार डलरमा बिक्री भएको थियो ।
तर, अधिकांश खेलाडीहरुले ओलम्पिक मेडल त्यसरी बिक्रीमा राख्दैनन् । यसलाई एमदम दुर्लभ मानिने बाल्डविन अक्सन हाउसका रिचर्ड ग्लेडल बताउँछन् । उनका अनुसार कसैले लिलामीमा आफ्नो मेडल राख्दैछ भने त्यसका पछाडि परोपकारी कारण हुने गर्दछ । – हिमाली पत्रिका
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


