मेट्रो संवाददाता
१२ साउन २०७८ २:०८
काठमाडाैं, साउन ११ ।
गत आर्थिक वर्षसम्ममा नेपालको एक चौथाइ जनसंख्याको पहुँचमा बिमा सेवा पुगेको छ।
कोभिड महामारीमा पनि बिमा कम्पनीहरूले व्यवसाय विस्तार गरेकाले बिमाको पहुँच सामान्य वृद्धि भएको हो।
बिमा समितिका अनुसार आर्थिक वर्ष ०७७-७८ सम्ममा जनसंख्याको २४.७६ प्रतिशतमा जनसंख्यामा बिमाको पहुँच पुगेको कारोबार अनलाइनले लेखेको छ।
गत आर्थिक वर्षसम्ममा २२ प्रतिशत हाराहारीमा रहेको बिमाको पहुँच एक वर्षमा करिब तीन प्रतिशत विन्दुले बढेको हो। वैदेशिक रोजगारीमा जाने व्यक्तिले गर्ने म्यादी जीवन बिमा पोलेसीसमेत जोड्दा बिमाको पहुँच २७ प्रतिशत हुने समितिले जानकारी दिएको छ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७-७८ को बजेट वक्तव्यमा बिमा पहुँच ४० प्रतिशत पुर्याउने घोषणा गरेका थिए। समितिको तथ्यांकअनुसार, गत आवमा जीवन बिमा कम्पनीको २७.१२ र निर्जीवन कम्पनीको २२.७४ प्रतिशतले बिमा शुल्क आर्जन बढेको छ।
जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड रुपैयाँ गरी कुल १ खर्ब ५२ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन भएको छ।
गत आवसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३८ अर्ब २१ करोड र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १९ अर्ब २८ करोड रहेको छ। बिमा अभिकर्ताको संख्या २ लाख ५० हजार र सर्भेयरको संख्या ४ सय पुगेको छ भने कम्पनीहरूले १० हजार ७५२ जना प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्।
समितिका अनुसार, गत आवमा जीवन बिमा कम्पनीमा १५ हजार ९४६ वटा बिमालेखको २ अर्ब २५ करोड २ लाख र निर्जीवनतर्फ ८६ हजार ४४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बिमा माग दाबीको भुक्तानी भएको छ। यसैगरी जीवन बिमामार्फत ९ अर्ब ८८ करोड १४ लाख बराबरको ६३ हजार ३३१ वटा बीमालेख सरेण्डर भएको छ।
हाल १९ जीवन बिमा, २० निर्जीवन बिमा र १ पुनर्बिमा गरी ४० वटा कम्पनी सञ्चालनमा छन् भने एक पुनर्बिमा कम्पनी सञ्चालनको तयारीमा छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


