मेट्रो संवाददाता
१९ वैशाख २०७७ १७:१८
काठमाडाैं । बैशाख १९, शुक्रबार
कामपा प्रमुख विद्यासुन्दर शाक्यबाट १५ वडाको आयोजनामा चःमतिको बृद्ध पार्कमा सञ्चालन भईरहेको ‘जनताको चुल्हो’ निरिक्षण भएको छ।
निरिक्षणमा कामपा प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको उपस्थितिमा मेयर शाक्य र शहरी पुर्वाधार बिकास बिभागका प्रमुख राम थापाबाट खानाको गुणस्तर समेत जाँच गरेको थियो।
‘खानाको स्वाद र गुणस्तरमा कुनै कमि छैन।’ मेयर शाक्यले भने, ‘१५ वडाको जनताको चुल्हो कार्यक्रम निकै प्रभावकारी भएको पाएँ ।’
चमति नेवाः खलः र चःमति टोल सुधार समितिको समन्वयमा बैशाख १७ गतेदेखि जनताको चुल्हो मार्फत बन्दाबन्दी (लकडाउन)मा समस्या परेकाहरुलाई खाना खुवाउँने कार्य भईरहेको छ।
हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको कारण विपन्न मजदुर परिवारहरुलाई दैनिक गुजारा गर्न गाह्रो भइरहेको छ । समस्यामा परेका नागरिकलाई खाना खुवाउने कार्यलाइ १५ वडाबाट ‘जनताको चुल्हो’ नामाकरण गरिएको छ।
भुइखेल चौरमा चैतको २९ गतेदेखि कामपा १५ वडाले खाना खुवाउने व्यवस्था भइरहेको छ । वडाबाट खाना खुवाउने कार्यलाई अझ सहजरुपमा सबैले खाना पाओस् भन्ने उद्देश्यले बैशाख १७ गते मंगलबारदेखि चःमतिको बृद्धपार्कमा र जन गल्लीमा तथा बैशाख १८ गतेदेखि बुद्ध पार्कमा स्थानीय टोलसुधार समिति मार्फत जनताको चुल्हो मार्फत खाना खुवाउने कार्य भईरहेको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


