काठमाडौं र ललितपुरमा ५ जनासिहत थप ४५१ जनालाई काेराेना संक्रमण

काठमाडौं र ललितपुरमा ५ जनासिहत थप ४५१ जनालाई काेराेना संक्रमण

मेट्रो संवाददाता

१ असार २०७७ २३:२४

१ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ५ जनासहित देशका विभिन्न जिल्लामा ४ सय ५१ जना संक्रमित थपिएका छन् ।

काठमाडौंका २ जना पुरुष र २ जना महिला रहेका छन् भने ललितपुरका १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरू कुन ठाउँका हुन् भनेर प्रष्ट भने पारेका छैनन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । संक्रमितमध्ये पुरुष ४१६ र महिला ३५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार संक्रमित रहेको जिल्ला ७३ पुगेको छ ।

कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म १९ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ३३ हजार ८ सय ८३ जना क्वारेन्टिन, ५ हजार १ सय ५१ जना आइसोलेसनमा छन् भने ६ हजार २ सय ११ संक्रमित मध्ये १ हजार ४१ जना निको भएर घर फर्किसकेका छन् ।

हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनपानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता