मेट्रो संवाददाता
५ असार २०७७ २३:१२
५ असार, काठमाडौं । गृह मन्त्रालयले लकडाउनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ जारी गरेको छ। असार १ गतेबाट लकडाउन खुकुलो भएसँगै चहलपहल बढ्न थालेसँगै नयाँ मापदण्ड लागू गरिएको हो।
नयाँ मापदण्ड अनुसार अत्यावश्यक काम बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको छ।
मन्त्रालयले उद्योग, विकास निर्माणको काम, लगायत क्रियाकलाप संचालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्ति जम्मा नभइ काम गर्ने वातावरण मिलाउन भनेको छ।
यस्तै, अत्यावश्यक काम बाहेक आफ्नो आवास वा कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न आग्रह गर्दै बाहिर हिँड्डुल गर्दा दुई मिटरको भौतिक दूरी कायम राख्न र मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ।

मन्त्रालयले विवाह, ब्रतवन्ध लगायत सामाजिक र सांस्कृति कार्यहरुमा समेत १५ भन्दा बढी मानिस भेला हुन नपाउने जनाएको छ। विवहा, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा भौतिक दूरी कायम राख्न र १५ जना भन्दा बढी आगन्तुक व्यक्ति भेला नगर्न भनिएको छ।
जिल्ला प्रशासन कार्यालयहरुलाई संक्रमणको अवस्था पहिचान गर्दै कोरोना भाइरस संक्रमित क्षेत्रको दायर यकिन गर्दै अत्यावश्यक सेवा बाहेक कुनै क्रियाकलापमा रोक लगाउन सक्ने अधिकार दिइएको छ।
मापदण्ड पालना नगर्नेहरुलाई अत्यावश्यक सेवा ऐन २०१४, संक्रामक रोग ऐन २०२०, मुलुकी अपराध संहिता २०७४, स्थानीय प्रशासन ऐन २०२८ तथा अन्य प्रचलित कानून बमोजिक कार्यवाही गरिने मन्त्रालयले जनाएको छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


