मेट्रो संवाददाता
१६ असार २०७७ ०:११
१५ असार, काठमाडाैं
ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
उनले भने, ‘उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ । अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको छदेखि सात घण्टामा मृत्यु भएको थियो ।’ ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए ।
ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ । उनको उपचारमा खटिने र परिवारका सदस्य गरी ८ देखि ९ जनालाई हाल आइसोलेशनमा राखिएको उनले बताए ।
यसअघि ललितपुरमा कोरोनाका कारण अन्य २ पुरुषको पनि मृत्यु भइसकेको छ । आजसम्म ललितपुरका ९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्नेछ ।
– रासस
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


