सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर

सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर

मेट्रो संवाददाता

१६ असार २०७७ २३:००

काभ्रेबाट आएका सलह काठमाडौं पुग्दा कागको आहारा बन्यो

१७ असार, काठमाडौं ।

शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो ।

करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले जानकारी दिए । सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको छ ।

सलहको यो हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको देखिन्छ । काठमाडौँमा आज देखिएको सलह केही दिनदेखि मकवानपुरमा रहेको सलहको ठूलो हुल हो वा नयाँ हो भन्ने यकिन आवश्यक अध्ययन गरी भोलि मात्रै भन्न सकिने उनले बताए ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह किरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह किरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्न सक्ने किरा हो । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ ।

प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्याउँछ । यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ ।

रासस

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता