मेट्रो संवाददाता
१८ असार २०७७ १:२८
जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिका खोपका लक्षित समूह
१७ असार, काठमाडाैं ।
काठमाडौं । काठमाडौं महानगरमा अहिले रुवेला दादुरा खोप अभियान चलिरहेको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोभिड — १९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले बन्दाबन्दी (लकडाउन) जारी गरेपछि खोप कार्यक्रम स्थगित भएको थियो । त्यस बेला कार्यक्रम चलाउन ८० जना खोप कार्यकर्तालाई अभिमुखीकरण दिइएको थियो ।
खोप कार्यक्रमअन्तर्गत असार ११, १२ र १३ गते ३ दिन वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा कार्यक्रम चलाइयो । ७९ वटा वुथ ६९ जना खोप कार्यकर्ता, १३८ जना स्वयमसेवक परिचालन गरेर चलाइएको कार्यक्रममा ३५ हजार ९७४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको थियो ।
यस्तै दोश्रो चरणमा महानगरका वडा १, २, ३, ४, ५, ११, १२, २६, २७, २८, २९ ३० र १३ गरी १३ वटा वडामा कार्यक्रम चलाइयो । यी वडामा ९३ वटा बुथमा ६८ जना खोप कार्यकर्ता र १३८ जना स्वयमसेवक परिचालन गरियो । यी वडामा २९ हजार ५१४ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको थियो ।
आज, वडा १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम शुरु भएको छ । ती वडाका ९५ वटा वुथबाट भोलि र पर्सि गरी कार्यक्रम चल्नेछ । यसकालागि ६३ जना खोप कार्यकर्ता र १२६ जना स्वयमसेवक परिचालन गरिएको छ । यी वडामा लक्षित बालबालिकाको संख्या ३४ हजार ६०१ रहेको छ ।
यी ३ चरणमा छुटेका बालबालिकालाई असार २० गते वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ । महानगरभित्र १ लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ ।
रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र ५ बर्ष मुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनु परेको हो । यसअघि आर्थिक बर्ष २०७२/०७३ पनि यो अभियान चलाइएको थियो । सन् २०२३ सम्ममा नेपालबाट रुवेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको महानगरका खोप अधिकृत सूर्य खड्काले जानकारी दिए ।
काठमाडौं महानगरले २०७४ पुष २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ । कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्बेक्षण गर्दा, उनीहरुले १ बर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ । यस सर्वेक्षणका समयमा ती बालबालिकाहरु कम्तीमा १८ महिनादेखि त्यसै स्थानमा बसोबास गरेको हुनुपर्छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १ बर्ष भित्रका बालबालिकालाई बि. सि. जि. खोप १ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा पेन्टाभ्यालेन्ट (डि.पि.टि., हेपाटाइटिस बी, हिब) — ३ डोज, जन्मेको ४५ दिनदेखि १ महिनाको फरकमा ओरल पोलियो, र ९ महिना पूरा भएपछि दादु्रा रुबेलाको खोप — १ डोज दिएको हुनुपर्छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


