कामपा १८ वडाबाट घरदैलोमा पुगेर विशेष भत्ता वितरण

कामपा १८ वडाबाट घरदैलोमा पुगेर विशेष भत्ता वितरण

मेट्रो संवाददाता

१९ जेठ २०७७ १९:१६

काठमाडौं महानगरपालिका १८ वडाबाट जेष्ठ नागरिक विशेष भत्ता वितरण गरेको छ । सोमबारदेखि महिलाकाे हकमा ७५ वर्ष पुरा र पुरूषकाे हकमा ८० वर्ष पुरा भएका जेष्ठ नागिरकहरूलाइ घर आँगनसम्म पुगेर विशेष भत्ता वितरण गरिएको हो ।

हाल कोरोना भाइरसको संक्रमणबाट बच्न देशैभरी लकडाउन जारी नै छ । लकडाउनको समयमा सरकारले अतिआवश्यक काममा मात्र घर बाहिर निस्कन आग्रह गरेको छ । बिनाकाम घरबाहिर निस्कन नपाउँदा बाल बच्चा तथा बृद्धहरु घरमै बस्नुपरेका छन् ।

विशेष भत्ता वितरण क्रममा वडाअध्यक्ष न्हुछेँकाजी महर्जन

कामपा १८ वडा अध्यक्ष न्हूछेँकाजि महर्जन, वडासदस्यहरु हेम शाक्य, शोभा महर्जन र रचना शर्माबाट घरदैलो कार्यक्रम मार्फत विशेष भत्ता वितरण गरेका छन् । जनप्रतिनिधिहरुले भत्ता वितरण क्रममा बृद्धहरुको दिनचर्या, स्वास्थ्य अवस्थाको पनि जानकारी लिए ।

विशेष भत्ता वितरण क्रममा वडासदस्य शाेभा महर्जन सहीछाप लिंदै ।

काठमाडौं महानगरपालिकाबाट बृद्ध तथा अपांगता भएकाहरुलाई वर्षको एकचोटी भत्ता वितरण गर्ने गरिएको छ ।

विशेष भत्ता स्वरुप वार्षिक रु. १२ हजार र अपांगता भत्ता स्वरुप रु.३ हजार वितरण गरेको वडाअध्यक्ष न्हूछेँकाजी महर्जनले बताए ।

कामपा १८ वडामा विशेष भत्ता पाउने नामावली अनुसार १ सय ५४ महिला, ३८ पुरुष र १६ जना अपांगता भएका व्यक्तिहरु छन् ।

विशेष भत्ता वितरण क्रममा वडाअध्यक्ष न्हुछेँकाजी महर्जन

सोमबार ६० घर वितरण सम्पन्न भएको वडासदस्य शोभा महर्जनले जानकारी दिए । उनले बाँकी मंगलबार विहान ८ बजेदेखि वितरण सुरु हुने पनि बताए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता