आजको मौसम प्रतिकूल छ, नदी किनारमा बसोबास गर्ने सबैले उच्च सतर्कता अपनाउनु अति आवश्यक छ।
काठमाडौँ, १९ भदौ, काठमाडौँको विष्णुमती नदीले खतराको जल स्तर पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मङ्गलवार रातिसम्म नदीको जल स्तर बढिरहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ। विभागको सूचनामा भनिएको छ, “विष्णुमती नदीको जल स्तर खतराको तह पार गरिसकेको र अझै बढ्दै छ। त्यसैले, नदी किनार भएर यात्रा गर्नेहरू र तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।”
विभागले बाराको कलैया र आसपासमा भारी वर्षा भइरहेको र यसबाट पसा, लाल बकैया लगायतका खोलाहरूको बहाव बढ्न सक्ने भएकाले ती क्षेत्रका नदी किनारमा सतर्कता अपनाउन भनेको छ। त्यसै गरी, सिन्धुलीको कमला नदीको जल स्तर पनि सतर्कता तह नजिक रहेको र अझै बढ्दै जाने सम्भावना रहेकोले नदी किनारका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।
विभागले आज कोसी, बागमती, र गण्डकी प्रदेशका केही साना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरेको छ। साथै, कोसी, मधेस, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको र राति कोसी, मधेस, र गण्डकी प्रदेशका केही भागमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
आजको मौसम प्रतिकूल छ, नदी किनारमा बसोबास गर्ने सबैले उच्च सतर्कता अपनाउनु अति आवश्यक छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


