मेट्रो संवाददाता
२२ जेठ २०७७ १२:२७
महानगरीय प्रहरी बृत्त स्वयम्भूका पूर्व प्रमुख लालध्वज सुवेदीलाई विदाई
महानगरीय प्रहरी बृत्त स्वयम्भूमा नव प्रमुखका रूपमा डिएसपि निरञ्जन दत्त भट्ट नियुक्त भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं १५को वडाकार्यालयमा भएको एक कार्यक्रममा नवनियुक्त बृत्त प्रमुख भट्टलाई स्वागत गरियो ।
काठमाडौं महानगरपालिका प्रवक्ता एवं कामपा १५ वडा अध्यक्ष ईश्वरमान डंगोले डिएसपि भट्टलाई स्वागत तथा महानगरीय प्रहरी बृत्त स्वयम्भूका पूर्व प्रमुख लालध्वज सुवेदीलाई विदाई गरेका थिए ।
स्वयम्भू बृत्तबाट विदाई भएका लालध्वज सुवेदीले आफ्नो एकवर्षे कार्यकाललाई दुई भागमा हेरेको बताए । ‘कोरोनाको लकडाउन अघिको समय र कोरोनाको लकडाउनपश्चातको समय गरी दुईभागमा आफ्नो कार्यकाललाई विभाजन गरेको छु ।’ उनले भने,‘समुदाय प्रहरी साझेदारीको प्रावधान अन्तर्गत स्थानीय सरकार र स्थानीय संघसंस्थासँग राम्रो सहकार्यमा विभिन्न कार्यक्रम सफलताका साथ पुरा गर्ने मौका पाए ।’
‘वडामा हुने जुनसुकै कायमा प्रहरी, जनता र स्थानीय सरकारको समन्वय भूमिका जुन ढंगले कामपा १५ वडाले पुरा गरेको छ, वास्तवमा अरु सबैवडाले यसको अनुकरण गर्नुपर्ने देखिन्छ ।’ उनले भने ।
कैलाली धनगढी स्थायी बसोबास भएका हाल चाबहिल सरस्वती नगरमा बस्दै आएका नवनियुक्त स्वयम्भू बृत्तका प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले आफ्नो पद सम्हालेको केही घण्टाभित्रै यसरी स्वागत भएकोमा खुसी व्यक्त गरे ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा ३ वर्ष आफ्नो कुशल कार्यकाल पुरा गरिसकेका भट्टले धेरै चर्चा परिचर्चामा आइरहने वडा नं १५ मा आफु काम गर्न पाउँदा गौराम्भित महशुस गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय अछामको प्रमुख र क्राइम डिभिजन हनुमानढोकामा समेत काम गरिसकेका भट्टले साझेदारीको कार्यक्रममा केहि विराम लागेको भएपनि लकडाउन खुलेपछि त्यसको मोडालिटिमा केहि परिवर्तन गरी फेरी सुचारु हुने बताए ।
‘जनसमुदायको साथ र भरोसा भएमा जस्तो सुकै खराब परिस्थितिमा पनि प्रहरीले सजिलै काम गर्न सकिन्छ ।’ उनले भने, ‘कानुनसंगत जस्तो सुकै अप्ठेरो काम गर्न पछि नहट्ने र कानुन विपरित कुनै कार्य गर्न जनसमुदायबाट दवावमा पार्नु हुन्न भन्ने आशा लिएको छु ।’
कामपा प्रवक्ता एवं वडाअध्यक्ष ईश्वरमान डंगोलले आफ्नो मन्तब्य राख्ने क्रममा नव नियुक्त स्वयम्भू बृत्तका प्रमुखलाई व्यक्तिगत रुपमा नभई संस्थागत रुपमा अघि बढ्न आग्रह गरे ।
‘भोली वडामा अर्कै वडाअध्यक्ष आउला, त्यस्तै बृत्तमा पनि अर्कै प्रमुख आउला तर समन्वय हुने भनेको त वडा र बृत्तकै हो ।’ उनले भने, ‘हिजोका कमि कमजोरीलाई सुधार गर्दै प्रहरी प्रसाशन, स्थानीय सरकार र स्थानीय संघसंस्था हातेमालो गरी अघि बढेमा वास्तवमा नै १५ वडा महानगरको नमूना वडा बन्नेछ ।’
बिदाइ तथा स्वागत कार्यक्रममा वडासदस्यहरु निमा घ्याम्चो, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन र अनिता परियारको साथमा वडाका कर्मचारी तथा समुदाय प्रहरी साझेदारीमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


















