मेट्रो संवाददाता
२३ जेठ २०७७ १९:०७
राजधानीमा उद्योगी र व्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।
चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योगरकलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योगरकलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।
लकडाउनको ७४ औं दिनसम्म आइपुग्दा राजधानीको सडकमा भिडभाड देखिन थालेको छ भने चेकजाँचमा कडाइ छैन । सुरुमा दिनमा सर्वसाधारणका लागि हिँडडुलमा समेत कडाइ भएकोमा अहिले त्यस्तो छैन, एकाधबाहेक अरु स्थानमा निर्वाध हिँडडूल भइरहेको छ ।
मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेस गर्न समितिलाई निर्देशन दिएको थियाे। लकडाउन बढ्दै गएपछि काठमाडांै उपत्याकाभित्र र बाहिरका व्यवसायीले अवज्ञा गर्न थालेपछि मन्त्रिपरिषद बैठकमा छलफल भएको थियो।
उच्चस्तरीय समन्वय समितिअन्तर्गत रहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) ले असार १ देखि लकडाउन खुकुलो बनाउँदै जानेगरी अगाडि बढ्ने विस्तृत स्वरूपको मस्यौदा तयार पारेको छ। यद्यपी उक्त प्रस्ताव र मोेडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ ।
सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको थियो।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



















