काठमाडौँ महानगरद्वारा मालश्री धुनको प्रवर्धन गर्न भव्य अर्केष्ट्रा सम्पन्न

काठमाडौँ महानगरद्वारा मालश्री धुनको प्रवर्धन गर्न भव्य अर्केष्ट्रा सम्पन्न

मेट्रो संवाददाता

२७ भदौ २०८१ ७:०७

काठमाडौँ (२७ भदाै) : माल श्री धुनको महत्व र यसलाई बजाउने समयावधिबारे सर्वसाधारणलाई जानकारी गराउन काठमाडौँ महानगरपालिकाले स्वयम्भूको धर्मचक्र पार्कमा विशेष अर्केष्ट्रा आयोजना गरेको छ। यो कार्यक्रम यंला महिनाको अष्टमीको अवसर पारेर गरिएको हो।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा महानगरको यो प्रयासलाई माल श्री धुनको प्रस्तुतिले थप योगदान दिने बताइन्। माल श्री धुन परम्परागत रूपमा काया अष्टमीदेखि दशैँको समयमा बजाइन्छ, तर हाल यसको चलन कम हुँदै गएकाले यसको पुनरुत्थानका लागि यो कार्यक्रम आयोजना गरिएको हो।

सांस्कृतिक सहर परियोजनाअन्तर्गत सम्पन्न
कार्यक्रममा विभिन्न ताल र रागमा माल श्री धुनको प्रस्तुति दिइयो, जसमा खिं, पोंगा, ता, झ्याली, मादलजस्ता परम्परागत बाजाहरू प्रयोग गरियो। महानगरको ‘सांस्कृतिक सहर’ योजना अन्तर्गत आयोजना गरिएको यो कार्यक्रमले परम्परागत दाफा संगीतलाई नयाँ पुस्तामा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

माल श्री धुन कोजाग्रत पूर्णिमासम्म बजाइने परम्परा छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता