आपतकालीन अवस्थामा हवाई भाडामा अस्वाभाविक वृद्धि, नागरिक मर्कामा

आपतकालीन अवस्थामा हवाई भाडामा अस्वाभाविक वृद्धि, नागरिक मर्कामा

मेट्रो संवाददाता

१३ असोज २०८१ १७:३०

देशका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आउनका लागि प्रमुख राजमार्ग अवरुद्ध भएका बेला एकमात्र विकल्प हवाई सेवा बनेको छ।

काठमाडौं : लगातारको अविरल वर्षाका कारण देशका प्रमुख सडक सञ्जाल अवरुद्ध हुँदा, हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई टिकटमा अस्वाभाविक मूल्यवृद्धि गरेका छन्। विपद्को समयमा यात्रा गर्नुपर्ने नागरिकलाई आर्थिक रूपमा झनै मर्कामा पार्ने गरी हवाई टिकटको भाउ बढाइएको छ, जसले सर्वसाधारणबीच व्यापक असन्तोष फैलिएको छ।

देशका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आउनका लागि प्रमुख राजमार्ग अवरुद्ध भएका बेला एकमात्र विकल्प हवाई सेवा बनेको छ। तर, यस्तै आपतकालीन समयमा टिकट दर अनियन्त्रित रूपमा बढ्दा यात्रुहरूलाई थप आर्थिक बोझ परेको छ।

सडक अवरुद्ध, हवाई टिकटमा अस्वाभाविक वृद्धि

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हवाई टिकटको मूल्यवृद्धि गैरकानुनी भने छैन। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले भने, “हवाई टिकटको न्यूनतम र अधिकतम दर प्राधिकरणले तोकेको हुन्छ। तर, अहिले यात्रुको चाप बढेका कारण हवाई टिकट महँगो हुनसक्छ।” उनले विमान कम्पनीहरूलाई यात्रुलाई राहत हुने गरी भाडा लिन अनुरोध गरिएको पनि जानकारी गराएका छन्।

यस्तै, वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्को समयमा यात्रुलाई सहज बनाउन संघले निर्देशन दिएको र टिकट सस्तो दरमै उपलब्ध रहेको बताएका छन्। उनी भन्छन्, “हामी यात्रुलाई सहुलियत दिन कटिबद्ध छौं, उच्च भाडा नलिनका लागि विमान कम्पनीहरूसँग बैठक बसेर निर्देशन दिइसकेका छौं।”

तर, श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरको भनाइमा, सिटको उपलब्धताका आधारमा नियमित दरमै टिकट बिक्री भइरहेको छ र तोकिएको दरभन्दा बढी लिएको छैन।

सडक अवरोधले नागरिकलाई हवाई सेवा नै एकमात्र विकल्प

काठमाडौं–विराटनगरको एकतर्फी भाडा सामान्य अवस्थामा सात हजार पाँच सय रुपैयाँ थियो, तर अहिले यो बढेर नौ हजार नौ सय रुपैयाँ पुगेको छ। यस्तै, काठमाडौं–धनगढीको हवाई भाडा १७ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ। हवाई भाडामा भएको यो अस्वाभाविक वृद्धिले सामान्य यात्रुहरूलाई समेत कठिनाई उत्पन्न गराएको छ।

यतिबेला राजधानी भित्रने मुख्य सडक नाकाहरू अवरुद्ध छन्। उदाहरणका लागि, धादिङको झ्याप्ले खोलामा खसेको पहिरोले गर्दा सवारी आवागमन अवरुद्ध भएको छ। यस्तै, काठमाडौं–तराई जोड्ने विपी राजमार्गको रोशिखोलामा पहिरोले सडक बगाएको छ, जसले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालका अनुसार, देशभर ४१ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको छ। यस्तो अवस्थाले गर्दा हवाई सेवामा भर पर्नुपर्ने बाध्यता सिर्जना भएको छ, जसले हवाई भाडामा वृद्धि गर्ने अवसर विमान कम्पनीहरूलाई दिएको हो।

सामाजिक सञ्जालमा नागरिकको आक्रोश

यात्रुहरूलाई सहज सेवा दिनुपर्ने हवाई सेवा प्रदायक कम्पनीहरूले विपद्लाई आम्दानीको अवसर बनाएको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा उठेको छ। विपद्को समयमा यस्तो असहज मूल्यवृद्धिले यात्रुको भावनालाई बेवास्ता गरेको गुनासो व्यापक छ। सर्वसाधारणले विपद्को समयमा हवाई टिकटमा गरिएको मूल्यवृद्धिको कडा आलोचना गर्दै यसलाई तुरुन्तै सुधार गर्नुपर्ने माग गरेका छन्।

विपद्को बेला नागरिकलाई राहत दिनुपर्ने अवस्थामा, हवाई भाडामा भएको अप्रत्याशित वृद्धिले सर्वसाधारणलाई आर्थिक रूपमा मर्कामा पारेको छ। यस्तो समयमा सरकार र हवाई सेवा प्रदायकहरूले तत्काल कदम चालेर यात्रुलाई सहुलियत दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने देखिन्छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता