बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या १९३, ३१ जना अझै बेपत्ता

बाढी र पहिरोमा मृत्यु हुनेको सङ्ख्या १९३, ३१ जना अझै बेपत्ता

मेट्रो संवाददाता

१४ असोज २०८१ १४:२९

काठमाडौँ :  अविरल वर्षापछि आएको बाढी र पहिरोले हालसम्म १९३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। असोज ११ गतेदेखि निरन्तर परेको वर्षाले देशका विभिन्न ठाउँमा ठूला विपद् निम्त्याएको छ।

प्रहरीका अनुसार घटनामा ९६ जना घाइते भएका छन्, र उद्धार कार्यमा ३ हजार ७०५ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी र पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ, जसलाई खुलाउने प्रयासमा प्रहरी, सेना, र अन्य उद्धारकर्मीहरू परिचालित भएका छन्।

प्रहरीले लामो यात्रामा निस्कनुअघि नजिकैको वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ, ताकि यात्राका क्रममा हुने जोखिम कम गर्न सकियोस्।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता