यी चार गीतहरूले नेवाः संस्कृति, भाषा र संगीतको समृद्धिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ : नेपालभाषाका चर्चित गीतकार तथा काठमाडौं महानगरपालिका १८ वडाका जनप्रिय अध्यक्ष न्हुछेकाजी महर्जनले चारवटा नयाँ नेपाली गीत एकैसाथ सार्वजनिक गर्न लागेका छन्। पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य माननीय कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शुक्रबार २ बजे नेपाः ब्यांक्वैट खुसिबुँमा यी गीतहरूको विमोचन हुँदैछ । यी गीतहरूले नेवाः भाषा र संगीतको विशेषता उजागर गर्ने विश्वास गरिएको छ।

मातिनाया सर्गतय्
पहिलो गीत “मातिनाया सर्गतय्” मा रोजी डंगोल श्रेष्ठको गायन र मनराजा नकहमीको संगीत रहेको छ। स्ट्रिङ रेकर्डिङ स्टुडियोका हरिशरण साय्मीले गीतलाई रेकर्ड गरेका हुन् भने विनोद कुमार भुजेलले संगीत संयोजन गरेका छन्। यस म्युजिक भिडियोलाई सुरज नापितले निर्देशन र कोरियोग्राफी गरेका छन्, जहाँ अनुज शाक्य र हसना महर्जनले अभिनय गरेका छन्।

गुँया कापिं हायाच्वंगु
सञ्जिप प्रधानको गायन र अनिल तुलाधरको संगीत रहेको दोस्रो गीत “गुँया कापिं हायाच्वंगु” अन्नपूर्ण स्टुडियोमा रेकर्ड भएको हो। यस म्युजिक भिडियोमा लेखक महर्जन र सपना डंगोलले अभिनय गरेका छन्, जसलाई पवन जाशीले निर्देशन गरेका छन्। कोरियोग्राफी सुरज नापितले गरेका हुन्।

छंगु मतिना
तेस्रो गीत “छंगु मतिना” मा सानुबाबु महर्जन र निशा देशरको गायन रहेको छ। यो गीत लोकशैलीमा आधारित छ, र म्युजिक भिडियोमा न्हुछेकाजी महर्जन र रूक्साना महर्जनले प्रमुख भूमिका निभाएका छन्। आरसी स्टुडियोका श्याम महर्जनले गीतलाई रेकर्ड गरेका हुन्, र निर्देशन पवन जाशीले गरेका छन्।

मांया यःम्ह मचा
चौथो गीत “मांया यःम्ह मचा” मा किशोर कुमार शाही र सुद्ध लक्ष्मी श्रेष्ठको गायन रहेको छ। यो गीतलाई अन्नपूर्ण स्टुडियोका विजय मास्कीले रेकर्ड गरेका हुन्। म्युजिक भिडियोको छायांकन विजय कुमार सिंहले गरेका छन्। यस म्युजिक भिडियोमा नरेन्द्र डंगोल, नानीमय्जु डंगोल, निरज डंगोल, अल्का डंगोल र निजल डंगोलले विशेष भूमिका निर्वाह गरेका छन्।
यी चार गीतहरूले नेवाः संस्कृति, भाषा र संगीतको समृद्धिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


