नेपाली सेनाले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत अभियान तीव्र बनायो

नेपाली सेनाले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत अभियान तीव्र बनायो

मेट्रो संवाददाता

२२ असोज २०८१ १५:४६

काठमाडौँ :  अविरल वर्षासँगै आएको विपद्का कारण क्षतिग्रस्त भएका सडक र पुलहरू मर्मत गरी पुनः सञ्चालन गर्ने अभियानमा नेपाली सेना जुटेको छ। सेनाका सहायक रथी गौरवकुमार केसीका अनुसार सेनाले ६,००० भन्दा बढी जनशक्ति मर्मत कार्यमा परिचालन गरेको छ। सेनाले विभिन्न राजमार्ग, ग्रामीण सडक र दुई जिल्लालाई जोड्ने पक्की पुलहरूको मर्मत तथा पुनर्निर्माण गरिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको विपद् प्रतिकार्यको लागि सेनाले १४,००० जनशक्ति तयारी अवस्थामा राखेको थियो। विपद् प्रभावित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथर जिल्लामा सेना उद्धार र राहत कार्यमा सक्रिय रहेको छ।

विपद् व्यवस्थापनको पहिलो चरणमा खोज, उद्धार र राहत कार्य सफलतापूर्वक सम्पन्न भएपछि, सेनाले पुनःनिर्माण र पुनःस्थापनामा आफ्नो ध्यान केन्द्रित गरेको छ। बेलीब्रिज जडानदेखि, राजमार्ग मर्मत कार्यहरूमा सडक विभागलाई प्राविधिक सहयोग उपलब्ध गराइएको छ। यसै अभियान अन्तर्गत कान्ति राजपथमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ।

विपद् व्यवस्थापनका लागि सेनाले काठमाडौँको सुन्दरीजल र चितवनमा दुई गण स्थापना गरेको छ। यसवर्षको विपद्को अनुभवका आधारमा सेनाले भविष्यका लागि नयाँ रणनीतिहरू विकास गर्नुपर्ने आवश्यकता महसुस गरेको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता