नेपाल संवत् ११४५: नयाँ वर्षको उत्सव

नेपाल संवत् ११४५: नयाँ वर्षको उत्सव

मेट्रो संवाददाता

१७ कार्तिक २०८१ १४:१५

काठमाडौँ  : नेपाल संवत् ११४५ आज नेपालभर विविध कार्यक्रम गर्दै मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने यो संवत्को स्थापना राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋण मोचन गर्दै विसं ९३७ (इ.स. ८८०) मा सुरु गर्नुभएको थियो।

नेपाल संवत्लाई प्राचीन कालदेखि नेपालमा मौलिक संवत्का रुपमा मान्यता दिइएको छ। लिच्छविकालका राजा राघवदेवको पालादेखि सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय मान्यता प्राप्त संवत्का रुपमा चलाइएको थियो, भने नेपालका विभिन्न नेवार समुदाय बाहुल्य स्थानमा आज पनि विशेष कार्यक्रमसहित यसलाई नयाँ वर्षका रुपमा मनाइन्छ।

२०५६ सालमा नेपाल संवत्का संस्थापक शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएपछि २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गर्नुभएको थियो। काठमाडौँमा यस अवसरमा परम्परागत बहीखाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदामा नयाँ बहीखाता सुरु गर्ने चलन पनि कायमै छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता