महेन्द्रनगर (धनुषा) : श्रद्धा र आस्थाको पर्व छठ आजदेखि जनकपुरधामलगायत मधेशका विभिन्न स्थानमा धूमधामसाथ सुरु भएको छ। जनकपुरधामका प्रमुख पोखरीहरूलाई विशेष रुपमा सजाइएको छ। पारिवारिक सुख, समृद्धि र आस्थाको प्रतीक मानिने यो पर्व अन्नकुट तथा गोधन पर्वपछि सुरु हुँदै चार दिनसम्म मनाइन्छ।
छठको पहिलो दिन ‘नहाय खाय’का रुपमा मनाइन्छ भने बुधबार खरना, बिहीबार अस्ताउँदो सूर्यलाई अघ्र्य, र शुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्व समापन गरिन्छ। यस अवसरमा जनकपुरधामको धार्मिक महत्वका पोखरीहरू – गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर लगायतका पोखरीमा विशेष सजावट गरिएको छ। गङ्गासागर पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालुले पूजा गर्ने अनुमान गरिएको छ।
गङ्गासागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष घाटमा संख्या थप गर्दै सजावटमा पनि वृद्धि गरिएको छ। अघ्र्यका लागि प्रतिघाट रु ५ सयमात्र शुल्क निर्धारण गरिएको छ।
यो पर्वको क्रममा बर्तालुहरूले पहिलो दिन नुहाएर साधारण भोजन गर्छन्। दोस्रो दिन खरनामा प्रसाद स्वरूप खीर ग्रहण गर्छन्। तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ भने अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ विधिवत समापन हुन्छ। जनकपुरधामका अलावा धनुषाका विभिन्न गाउँका पोखरीहरूमा पनि सरसफाइ र सजावटको काम गरिएका छन्।
RECOMENDED News
Latest News
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द
चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...
९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


