अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न

अमेरिकामा नेपाली समुदायद्वारा भव्य रूपमा छठ पर्व सम्पन्न

मेट्रो संवाददाता

२३ कार्तिक २०८१ १६:४६

वाशिङ्टन डिसी (अमेरिका) :नेपालका तराई क्षेत्रमा विशेष महत्वसाथ मनाइने छठ पर्व अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायद्वारा उल्लासपूर्वक मनाइएको छ। न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायो लगायतका राज्यका मन्दिर तथा विशेष ठाउँमा नेपालीहरूले छठ मनाए।

मेरिल्याण्डको जर्मनटाउनस्थित नेपाल एजुकेशन एण्ड कल्चरल सेन्टरको आयोजनामा भएको छठ पर्वमा नेपाली समुदायको बाक्लो उपस्थिति रह्यो। बिहीबार साँझ सन्ध्याकालमा सूर्यलाई अर्घ दिइएको छ भने आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिने आयोजकले जनाएका छन्।

आयोजक मोहन यादवले प्रवासी भूमिमा छठ पर्व जस्तो सांस्कृतिक पर्व मन्दिरमा मनाउन पाउनु खुशीको विषय रहेको बताउनुभयो। उहाँले तीन दिनसम्म उपवास बसेर छठी माताको पूजा गर्दै आएको यस पर्वमा युवा पुस्तालाई पनि सक्रिय सहभागी गराइएको जानकारी दिए।

यादवले थप भन्नुभयो, “हामी अमेरिकामा हाम्रो सनातन धर्मका मूल्य र मान्यता नयाँ पुस्तासम्म पुर्‍याउन प्रयासरत छौँ, ताकि तिनीहरूमा पनि यसको वैज्ञानिक र सांस्कृतिक पक्षप्रति रुचि बढोस्।”

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता