क्यानभासमा उतारिँदै २२ वडाका सम्पदा

क्यानभासमा उतारिँदै २२ वडाका सम्पदा

मेट्रो संवाददाता

६ वैशाख २०८२ ०:४९

विश्व सम्पदा दिवसमा चित्रकला कार्यशाला हुने, कलाकारको अवलोकन भ्रमण सम्पन्न

काठमाडौं महानगरपालिका–२२ वडामा अवस्थित सम्पदाहरूलाई क्यानभासमा उतार्ने तयारी स्वरूप कलाकारहरूको अवलोकन भ्रमण सम्पन्न भएको छ। विश्व सम्पदा दिवसको अवसर पारेर “क्यानभासमा २२ वडाका सम्पदा” शीर्षकमा आयोजना हुन लागेको स्थलगत चित्रकला कार्यशालाअघि २२ जना कलाकारले वडाभित्रका सम्पदा क्षेत्रहरूको स्थलगत भ्रमण गरेका हुन्।
वडाध्यक्ष चिनीकाजी महर्जन, वडा सदस्य ललिता खड्गी र अनिल हाडाज्यूको नेतृत्वमा भएको भ्रमणमा पुरातत्वविद् मञ्जरी प्रधानले सम्पदाहरूको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक र सामाजिक महत्त्वका बारेमा जानकारी दिइन्। कलाकारहरूले सम्पदाको मूल्य र त्यससँग गाँसिएको जनजीवनलाई बुझ्न पाएको प्रतिक्रिया दिएका छन्।
यस क्रममा कलाकार टोलीले सुन्धारा, महाङ्काल स्थान, संकटा मन्दिर, टेवहाल भद्रकाली द्य छेँ, मुग द्य, रणमुक्तेश्वर, धर्मचक्र महाविहार, जन्मदान बहाल, सिंघवहाल, मूलश्री महाविहार, सवलबहाल (मन्त्रसिद्धि महाविहार), पिपलबोट, ओटुको घुँघुचा मन्दिर (नवदूर्गा), न्युरोड गणेशस्थान, गण महाविहारलगायत १९ वटा सम्पदा क्षेत्रको अवलोकन गरेको थियो।
कार्यक्रम सभ्यता नेपाःको आयोजना र Saturday Plein Air को सहकार्यमा, कामपा वडा नं. २२ को सहयोगमा संचालन भइरहेको छ। चित्रकला कार्यशालामा कलाकारहरूले ती सम्पदाहरूलाई एक्रोलिक माध्यममार्फत जीवन्त रूपमा क्यानभासमा उतार्ने छन्।
सम्पदामाथिको सचेतना र संरक्षणको सन्देश बोकेको यो कार्यशालाले संस्कृति र कलाबीचको सम्बन्धलाई अझ सशक्त बनाउने अपेक्षा लिइएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता