मेट्रो संवाददाता
१ कार्तिक २०८२ २०:४५
महेन्द्रनगर (धनुषा), १ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा गरिएको छ।
सात वटै प्रदेशमा ट्रफी परिक्रमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गरिएको यस कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले पूजापाठ गर्नुभएको थियो।
आयोजकले पूजापाठपछि ट्रफी मञ्चमा प्रदर्शन गर्दै नगरका विभिन्न भागमा परिक्रमा गराएको थियो। परिक्रमा मार्ग जानकी मन्दिरबाट सुरु भई राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
नेपाल प्रिमियर लिगको पहिलो शृङ्खला जनकपुर बोल्ट्सले जितेको थियो।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



