काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था लागू गरेपछि प्राधिकरणले निगरानी र कारबाही तीव्र बनाएको हो। फिफा विश्वकप सुरु भएयता नयाँ नाममा सञ्चालनमा आएका बेटिङ प्लेटफर्ममाथि विशेष निगरानी राखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँग समन्वय गरी अवैधानिक वेबसाइटका यूआरएल ब्लक गरिँदै आएको छ। नयाँ वेबसाइट निरन्तर खुलिरहने चुनौतीका बीच ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरेर त्यस्ता साइटको पहिचान र अवरोध गर्ने काम भइरहेको छ।
प्राधिकरणले अवैधानिक बेटिङ वा वित्तीय कारोबार हुने वेबसाइटबारे जानकारी भए सम्बन्धित लिङ्कमार्फत सूचना उपलब्ध गराउन पनि आग्रह गरेको छ।
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


