मल्ल के सुन्दरको ‘सेप्टेम्बर १७’ उपन्यासको अंग्रेजी संस्करण सार्वजनिक

मल्ल के सुन्दरको ‘सेप्टेम्बर १७’ उपन्यासको अंग्रेजी संस्करण सार्वजनिक

मेट्रो संवाददाता

११ साउन २०८३ १८:२७

काठमाडौँ । वरिष्ठ साहित्यकार तथा उपन्यासकार मल्ल के सुन्दरको चर्चित उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शनिबार आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिन्।

अमेरिकामा बसोबास गर्ने एक नेपाली मूलका व्यक्तिले आफ्नो पहिचान, भाषा, संस्कृति र जातीय अस्तित्व खोज्ने कथामा आधारित उपन्यासलाई वरिष्ठ समालोचक ज्योतिप्रभा तुलाधरले अंग्रेजीमा अनुवाद गरेकी हुन्। पुस्तक भारतको आदर्श बुक्सले प्रकाशन गरेको हो।

लोकार्पण समारोहमा कार्यवाहक प्रमुख डंगोलले उपन्यासको अंग्रेजी अनुवाद नेपालभाषा साहित्यका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। उनले मल्ल के सुन्दरले भाषा, साहित्य, संस्कृति, मानवअधिकार र जातीय अधिकारका क्षेत्रमा पुर्‍याएको योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गरिन्।

वरिष्ठ समालोचक अभि सुवेदीले उपन्यासमा पात्र, समय र परिवेशको प्रभावशाली संयोजन रहेको टिप्पणी गरे। पोर्चुगलबाट भिडियो सन्देशमार्फत बोल्दै अनुवादक डा. ज्योतिप्रभा तुलाधरले उपन्यासको विषयवस्तुले आफूलाई अनुवाद गर्न प्रेरित गरेको बताइन्।

कार्यक्रममा नेपालभाषा एकेडेमीका उपकुलपति डा. पुष्पराज राजकर्णिकार तथा प्रकाशक निर्मलकुमार कर्णले पनि पुस्तकले नेपालभाषा साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता