गुरुपूर्णिमामा महाबौद्धबाट दीपंकर बुद्धको शोभायात्रा र पञ्चदान

गुरुपूर्णिमामा महाबौद्धबाट दीपंकर बुद्धको शोभायात्रा र पञ्चदान

मेट्रो संवाददाता

१३ साउन २०८३ १२:११

काठमाडौँ । सम्यक महादान परम्पराको स्मरण गराउने उद्देश्यले गुरुपूर्णिमाका अवसरमा साउन १३ गते काठमाडौँको महाबौद्धस्थित महाबुद्ध महाविहारमा दीपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान आयोजना गरिने भएको छ।

हरेक १२ वर्षमा हुने सम्यक महादान पछिल्ला २४ वर्षदेखि आयोजना हुन नसकेपछि त्यसको निरन्तरता र स्मरणस्वरूप यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

कार्यक्रमको तयारीका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीलगायत सरोकारवाला निकायबीच समन्वय बैठकसमेत सम्पन्न भएको छ।

बिहान ७ बजे महाबुद्ध महाविहारमा दीपंकर बुद्धको आसन ग्रहणबाट कार्यक्रम सुरु हुनेछ। बिहान ९ देखि ११ बजेसम्म पञ्चदान अर्पण गरिनेछ भने दिउँसो १२:३० बजे महाबौद्धबाट सुरु हुने शोभायात्रा असन, त्यःर, इनबहाल, कमलाक्षी, भोटाहिटी हुँदै असन डबली पुग्नेछ। त्यसपछि साँझ ७ बजेसम्म पूजा कार्यक्रम सञ्चालन हुनेछ।

सम्यक महादान स्वयम्भू क्षेत्रमा हरेक १२ वर्षमा आयोजना हुने प्राचीन बौद्ध परम्परा हो। पछिल्लोपटक २०६० सालमा सम्पन्न भएको यो महादान त्यसयता आयोजना हुन सकेको छैन।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता