काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

मेट्रो संवाददाता

२१ साउन २०८३ १३:४९

प्रमुख प्रशासकीय अधिकृत रहेका सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो।

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत अर्याललाई काजमा काठमाडौँ महानगरपालिकामा पठाउने निर्णय गरेको हो।

यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका सरोजप्रसाद गुरागाईं अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो।

मन्त्रिपरिषद्ले यससँगै सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ। उनी यसअघि पूर्वाधार विकास मन्त्रालयमा कार्यरत थिए।

त्यस्तै, सहसचिव रमेशकुमार केसीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय पनि सरकारले गरेको छ। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।

#KathmanduMetropolitanCity #MuktiRamAryal #CabinetDecision #MetroNews #काठमाडौं 🏙️🇳🇵

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता