नेपाल सरकारले टुकुचा खोला व्यवस्थित गर्ने

नेपाल सरकारले टुकुचा खोला व्यवस्थित गर्ने

मेट्रो संवाददाता

२९ असार २०७७ १८:५०

२९ असार, काठमाडाैं ।

नेपाल सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ।
सरकारबाट काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन सुरु गर्ने भएपछि सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहरी सुन्दरता झल्कनेगरी टुकुचाको व्यवस्थापन गर्न लागिएको बताए।

‘आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइनेछ । ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरी काम हुने र टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइनेछ’

मानन्धरले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने जानकारी दिए । मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरी काम हुने स्पस्ट पार्दै टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताए ।

अनुगमनमा अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ-बायाँ ढलसहित खोलामा शुद्ध पानीमात्र बगाउने योजना बनाइएको बताए। ढकालले डिपिआर निर्माणको काम थालनि गर्न लागिएको बताउँदै सरोकारवालासँगको छलफलपछि डिपिआरलाई अन्तिम रुप दिइने जानकारी दिए। प्रदेशसभा सदस्य केशव स्थापितले टुकुचा काठमाडौंको सभ्यता भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताए।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन्। खोलामा बढ्दै गएको प्रदूषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफूहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन्। स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफुहरुको पूर्ण सहयोग रहने बताए।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता