कीर्तिपुर नगरपालिकाे बजेट १ अर्ब १४ कराेड

कीर्तिपुर नगरपालिकाे बजेट १ अर्ब १४ कराेड

मेट्रो संवाददाता

३ साउन २०७७ १:१०

२ साउन, काठमाडाैं ।

कीर्तिपुर नगरपालिको सातौं नगरसभा सम्पन्न भएको छ ।

असार २५ गतेभित्र पारित बजेटसहित सम्पन्न हुनुपर्ने स्थगित नगरसभा असार ३१ गते आर्थिक वर्षको अन्तिम दिन सम्पन्न गरेको छ।

असार १० गते भएको नगरसभाको पहिलो चरणमा नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको थियो।

दोस्रो चरणको सभामा प्रस्तुत नीति तथा कार्यक्रम र अनुमानित बजेटउपर छलफल गरी असार १७ गते नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको थियो।

नगर प्रमुख रमेश महर्जनको सभाअध्यक्षतामा भएको अन्तिम चरणको बैठकमा उप–प्रमुख सरस्वती खड्काले आव ०७७/७८ को ५५ करोड १९ लाख ९९ हजार र १० वटै वडामार्फत ११ करोड गरी जम्मा एक अर्ब १४ करोड ४५ लाख १४ हजारको बजेट प्रस्तुत गरेका छन्।

प्रस्तुत बजेटमाथि १० वटै वडाका अध्यक्षले प्रस्तुत बजेटबारे धारणा राख्दै आफ्नो वडाको बजेटसमेत प्रस्तुत गरेका छन्। भौगोलिक रुपमा ठूला दुईवटा वडामा प्रत्यकलाई ६० लाख थप गरी १ करोड ५० लाख विनियोजन गरिएको बजेटमा बाँकी अरु प्रत्येक वडालाई साविक ९० लाखबाट बढाई एक करोड बजेट विनियोजन गरिएको छ ।

उप–प्रमुखबाट प्रस्तुत भएको उक्त बजेटलाई छलफलपछि सर्वसम्मतले पारित भएको घोषणा सभाअध्यक्ष तथा नगर प्रमुख महर्जनले गरेका थिए ।


कर्मचारीहरूको तहमिलान बारे अधिकांश वडाअध्यक्षहरूले कार्यान्वयन नभएकोमा असन्तुष्टलाई सम्बोधन गर्दै उप–प्रमुख खड्काले ५ वर्ष सेवा गरिसकेका प्रत्येक कर्मचारीलाई १ तह मिलान गर्ने घोषणा गरेका थिए।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता