७ जेष्ठ २०८१, सोमबार | Monday, 20 May, 2024

पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाकाे मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
१ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका ३ जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । 
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । 
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला र ७४ वर्षीय, ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रूपन्देहीका ५३ वर्षीय पुरुष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *