६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडाैं । उद्योगी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले आफ्नो ट्वीटरमार्फत पिसिआर टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

चाैधरीले आफूलाई कोरोनाको कुनैपनि लक्षण भने नदेखिएको स्पष्ट पारेका छन् । उनले रिपोर्ट पोजेटिभ आएपछि हाल आफू आइशोलेसनमा भएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि आग्रह गरेका छन् । चौधरीले आफूलाई संक्रमणको लक्षण नदेखिएको बताएका छन् ।

‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन’, उनले भने, ‘यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु । मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *