मेट्रो संवाददाता
४ वैशाख २०७८ १:५०
कर तिर्नु बाध्यता होइन, दायित्व हो भन्ने जागरण विस्तार गर्ने योजना — डा. अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता शिक्षा बढाउन ‘सडक नाटक’ थालेको छ । सुर्पेटो मिडियासँगको सहकार्यमा आनासुकी घरवेटी बा शीर्षकमा सडक नाटक प्रदर्शन थालिएको हो ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार करदातालाई कर बाध्य हाेइन, यो नागरिक दायित्व हो भनेर सचेत गराउन सडक नाटक मञ्चन गरिएकाे बताए । यसको शुरुवातमा शुक्रबार हनुमानढोका कालभैरव पछाडिको डवलीमा नाटक मञ्चन गरियो ।
शुक्रबार नै कालिमाटी, कलंकी, चावहिल, गौशाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा नाटक प्रदर्शन हुनेछ । कृष्णजीत राईले सिर्जना गरिएकाे नाटक रीता थापाले निर्देशन गरेका हुन् । नाटकमा सुरज विष्ट (लोभी घरवटेी बा), जीवन थापा (असल छिमेकी), मञ्जु गिरी (वडा कार्यालयको कर्मचारी), कञ्चन सापकोटा (भाडावाल) ले अभिनय गरको छ ।
कोविडका कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरिएको छ । विभागका प्रमुख डा. अधिकारीकाअनुसार महामारीका समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजस्व असुली गर्ने योजनाअनुरुप सडक नाटक प्रदर्शन थालिएको हो ।
महानगरले यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी छ । होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई असारसम्म छुट दिएकाे छ । चैत मसान्तसम्मका लागि सम्पत्ति करमा १० प्रतिशत छुट छ भने होटलहरुलाई असारसम्म नै सम्पत्ति करमा ७५ प्रतिशत छुट दिएकाे छ । भाडावाललाई कोविडका समयमा १ महिनाको वहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा छुट दिएको छ ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


