डा.राजन भट्टराईद्धारा बूढानीलकण्ठमा रहेको तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास

डा.राजन भट्टराईद्धारा बूढानीलकण्ठमा रहेको तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास

मेट्रो संवाददाता

११ वैशाख २०७८ १४:३७

बूढानीलकण्ठ कडा नं.१ मा रहेको तौलुंग एकीकृत खानेपानी आयोजनाको शिलान्यास नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले गरेका छन् ।

करिब तिन लाख लिटर क्षमताको ट्याङ्की निर्माण गर्दै स्थानीय मूल तथा श्रोतको सदुपयोग गर्नको लागि सुरु गरिएको उक्त आयोजनाको शिलान्यास गर्दै डा.भट्टराईले नगरवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउनु नगरपालिकाको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

उक्त शिलान्यास कार्यक्रममा राजन भट्टराईसँगै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामा, नगरपालिकाका जनसम्पर्क सल्लाहकार सुन्दर पुर्कुटी, नेकपा एमाले काठमाडौँ जिल्ला कार्यालय सचिव विदुर विक्रम खड्का, वडा नं.१ का सदस्य नबिन श्रेष्ठ, चण्डिका रैला, वडा नं.२ का सदस्य राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता