संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

संस्कृति शिरोमणि हरिराम जोशीको “मेरा अनुभूतिहरु” सार्वजनिक

मेट्रो संवाददाता

१३ वैशाख २०७८ ८:५४

भक्तपुर/संस्कृति शिरोमणि हरिराम जोशीद्वारा लिखित पछिल्लो पुस्तक “मेरा अनुभूतिहरु” हिजो एक कार्यक्रम बिच यहाँ विमोचन गरियो ।

नेमकिपाका वरिष्ठ नेता नारायण मान विजुक्छेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि विजुक्छेले राज्यले चिन्न नसकेका संस्कृतिविद् हरिराम जोशीलाई भक्तपुरले चिनेको १६ वर्ष भएको बताउँदै उहाँको पछिल्लो पुस्तक भक्तपुरबाटै प्रकाशित गर्न पाउँदा हामी गौरवान्वित भएको बताए ।

कार्यक्रममा प्रा. डा पुरुषोत्तमलोचन श्रेष्ठले पुस्तकको बारेमा समिक्षा गर्दै निज जोशी तर्क सम्राट, शिष्यहरुका महागुरु एवं एकल विश्वविद्यालय भएको बताए ।

८६ औं बसन्त पार गरिसकेका संस्कृति शिरोमणि जोशीले वि.सं. २०१० सालदेखि समाजको विकासबाट आफ्नो लेखनी यात्रा शुरु गरेका थिए ।

नेपालको इतिहास, धार्मिक, सांस्कृतिक र वैदिक चिन्तनलाई समय सापेक्षरुपमा आफ्नो तार्किक अभिमतद्वारा विश्लेषण गरिएको पछिल्लो पुस्तक हो “मेरा अनुभूतिहरु” । वहाँको ३० औं पुस्तकको रुपमा प्रकाशित उक्त पुस्तकमा वहाँले आफ्नो भोगाईलाई नितान्त नौलो र सारगर्भित रुपमा व्याख्या र विश्लेषण गरिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता