ललितपुर महानगरपालीकालाई आधुनिक फोग मिसन  सहयोग

ललितपुर महानगरपालीकालाई आधुनिक फोग मिसन सहयोग

मेट्रो संवाददाता

२८ जेठ २०७८ ९:२५

काठमाडाैं, जेठ २७।

ललितपुर महानगरपालीकाबाट संचालित दुई वटा आइसोलेन केन्द्कोलागी फाउण्डेसनले दुईवडा अत्याधुनिक फोग मेसिन सहयोग गरेको हो ।

फाउण्डेशनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर  शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेसीन हस्तान्तरण गरेका हुन् ।

ललितपुर महानगरपालीकाको सभाहलमा मेयर चिरिबाबु महर्जनज तथा उपमेयर गीता सत्याललाई उक्त फोग मेसिन हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मेयर महर्जनले महामारीको कथिन समयमा महानगरको कार्यमा हस्तेमा हाईस्ते गरी हौसला बढाई दिनु भएकोमा धन्यवाद ब्यक्त गरे ।

अहिलेसम्म कारोनाबाट मृत्यु भएका, उपचारमा रहेका र आइसोलेसनमा रहेकाहरुलाई नगर सहयोग गर्ने घोषणा भइसकेको जानकारी मेयर महर्जनले दिए ।

प्राप्त सामाग्री ललितपुर महानगरकाको सम्पत्तिको रुपमा दर्ता हुने र यसलाई तत्काल ललितपु्र महानगरपालीबाट ज्यापु समाज वृद्धाश्रम तथा खोकनामा संचालित आइसोलेन केन्दमा पठाईने छ ।

फाउण्डेशनका अध्यक्ष इश्वर बज्राचार्यले महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नु परिरहेको स्थितिमा महानगरपालीकाले आइसोलेसन कक्ष सञ्चालन गरि मानविय जीवन रक्षा गर्ने कार्य गरिरहेको बताए ।

त्यसैगरि, सल्लाहकार शाक्यले महानगरपालीकाले  कोरोना रोकथाम गर्न गरिरएको कार्यमा यस संस्थाको तर्फबाट पनि हातेमालो गर्न अवसर दिएकाेमा धन्यवाद व्यक्त गरे।  

फोग मेसिनकोबारे जानकारी गराउनु हुँदै उपाध्यक्ष प्रविन बहादुर शाक्यले चीनको वुआन शहरमा पनि कोराना महामारीको समयमा यसै फोग मेसिनबाट सेनिटाईज गरिएको बताए ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता